जनैपूर्णिमा
भदौको मास नेपाली माझ यो पर्व आयो है
संस्कृतिभरि उल्लास छर्दै कोसेली ल्यायो है
हिन्दूको पर्व विशेष हाम्रो शान्तिको मूलमा
आयो है जनैपूर्णिमा आयो! नेपाली मूलमा
पवित्र आत्मा बनाइदिने जनैको रूपले
शरीरलाई सुरक्षा दिने धागोको रूपले
घरैमा मीठो क्वाँटी खाई बसौँ नजाऔँ हुलमा
आयो है जनैपूर्णिमा आयो! नेपाली मूलमा
दिदी र बहिनी दाजु र भाइको यो रक्षाबन्धन
विविध रूपकाे संस्कृति-चाड हो नेपालीपन
दिदीको हातको लगाई राखि सज्दछन् फूलमा
आयो है जनैपूर्णिमा आयो! नेपाली मूलमा
गाईजात्रा, तीज, दशैँ र तिहार अन्य ठूला चाड
यिनको रूप भित्र्याउँछ जनैपूर्णिमा बहाड
संस्कृति जोगाई बाँचौं न हामी एकता पुलमा
आयो है जनैपूर्णिमा आयो! नेपाली मूलमा
रचयिता : दिवश पाैडेल, जलदीप सापकोटा
झ्याउरे छन्दमा रचित
0 Comments