विविधता मिलेर सजिएको भेष छ।
हरियाली प्रकृति जताततै देख्दछु
सफलताको बाटोमा मिहिनेतले हिँड्दछु।
डाँडाकाँडा छहरा अनगिन्ति देख्दछु
नदीनाला तालको सङ्गममा रम्दछु।
संस्कृति र धर्मले भरिभराउ नेपाल
जातजाति मिलेर जुटेको छ नेपाल।
बुद्ध, सीता, भृकुटी यै देशका शान हुन्
हिमचुली हजारौँ यै देशका मान हुन्।
हामी सबै जुटेर यो देशलाई बनाउँछौँ
शान्ति छर्दै निर्माणमा ठूलो देन पुर्याउँछौँ।
देशभित्र रहेको अन्यायलाई हटाऔँ
मिलिजुली समाजलाई उन्नतिमा डोर्याऔँ।
यो देशको सुरक्षा अब हाम्रो हातमा छ
देखौँ सपना खुलेर संसार हाम्रो साथमा छ।
रचयिता : दिक्षा पौडेल
(बालोरी छन्दमा रचित)
1 Comments
Wowww! Keep it on! I loved it!
ReplyDelete